८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पुलबाट खस्यो मोटरसाइकल, २ जनाको मृत्यु




इन्दिप कोइराला
३० जेठ ०७९, बारा । बाराको महागढीमाई नगरपालिका ८ हुलाकी राजमार्ग सडक खण्डस्थित थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्वण गाँउपालिका ७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादव रहेका छन् ।

आइतबार राति करिब ११ बजे प्र ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि कलैयामा रहेको जिल्ला अस्पताल कलैयामा लगिएको थियो । जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।