४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, अस्पताल भर्ना


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।

मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएपछि अहिले ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । मन्त्रालयको काममा शुक्रवार हेटौडा पुगेर काठमाडौं फर्किएपछि खनाललाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा कृषीमन्त्री खनाललाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर रगत परीक्षण गरिएको थियो । परीक्षणपश्चात डेंगु भएको पुष्टि भएपछि मन्त्री खनाललाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

अहिले नेपालका ४० भन्दा बढी जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । तर, पनि सरकारले डेंगु संक्रमण नियन्त्रणमा लिन सकेको छैन । हालसम्म डेंगुबाट तीन जनाको ज्यान गईसकेको छ भने चार बजार बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ४ : ०० बजे