८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोटरीद्वारा सात पत्रकारलाई ‘रोटरी जर्नो अवार्ड २०२२’




१४ असार ०७९, काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान)ले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारलाई सम्मानसहित सात पत्रकारलाई आज ‘रोटरी जर्नो अवार्ड २०२२’ प्रदान गरेको छ ।
वरिष्ठ पत्रकार ताम्राकार र विराटनगरका पत्रकार शङ्कर खरेललाई क्रमशः रु ४० र रु ३० हजार ५०० राशिसहित सम्मान गरिएको छ भने अन्य पत्रकारलाई विधागत पुरस्कार दिइएको छ ।
विधागततर्फ यस वर्ष रोटरी इन्टरनेशनलले शिक्षातर्फ शिक्षालय राष्ट्रिय मासिकका बालमुकुन्द आचार्य, स्वास्थ्यतर्फ हिमालय टेलिभिजनकी सिर्जना बराल, वातावरणतर्फ सेतोपाटी अनलाइनको चितवनस्थित समाचारदाता राजेश घिमिरे, आर्थिकतर्फ भीम गौतम र महिला तथा विकासतर्फ पोखराकी कविता श्रेष्ठलाई अवार्ड प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ३० हजार ५०० रहेको छ । ती पुरस्कार डिस्ट्रिक्ट गर्भरनर सन्तोष रिजालले प्रदान गरे ।

विधागत पुरस्कारका लागि विधिन्न विधागत पत्रकारिता सम्बद्ध संस्थासँगको सहकार्यमा रोटरीले डेढ दशकदेखि यी पुरस्कार सञ्चालन गर्दै आएको छ । यस वर्ष क्रमशः शिक्षा पत्रकार समाज, स्वास्थ्य पत्रकार मञ्च, नेपाल वातावरण पत्रकार समूह, नेपाल आर्थिक पत्रकार समाज र सञ्चारिका समूहले आफ्ना विधाबाट तीन÷तीन पत्रकार सिफारिस गरेकामा हरेक विधाबाट एक एक पत्रकारलाई पुरस्कृत गरिएको हो ।
छनोट समितिमा यस वर्ष नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल प्रेस इन्स्टिच्युटका उपाध्यक्ष मन्टेश्वरी राजभण्डारी, मिडिया एक्सन नेपालका अध्यक्ष अनिता विन्दु, डिस्ट्रिक्ट गर्भरनर रिजाललगायत संलग्न रहेको रोटरीको अवार्ड कमिटीका अध्यक्ष मञ्जु कार्की लामिछानेले जानकारी दिए ।
सो अवसरमा छनोट समितिका सदस्य विन्दुले रोटरी क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइलगायत मानवीय क्षेत्रमा गरेका कार्यलाई आमसञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । सम्मानित सञ्चारकर्मी ताम्राकारले रोटरीको सम्मानबाट आफूलाई थप ऊर्जा मिलेको बताइन् भने आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष गौतमले राजनीतिक स्थिरतासँगै मुलुकको आर्थिक विकासमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।