६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवाद्वारा जसपाबाट तीन जना मन्त्री नियुक्त, को-को भए मन्त्री ?



२० असार ०७९, काठमाडौं ।  जनता समाजवादी नेपाल जसपाबाट सिफारिस भएका तीन जना मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको हेरफेर गरेकी हुन् ।

मन्त्रिपरिषदको हेरफेरअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई नियुक्त गरिएको हो ।

आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरका थिए ।

नयाँ मन्त्री नियुक्त भएसँगै भौतिकमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहयाय यादव पदमुक्त भएका छन् । नयाँ नियुक्त भएका मन्त्रीको सोमबार साँझसम्म शपथ हुने बताइएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।