६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपाका ३ मन्त्रीले लिए शपथ



भाैतिक मन्त्रीमोहम्मद ईश्तियाक राई वनमन्त्री प्रदीप यादव , कृषि मन्त्री मृगेन्द्रकुमार यादव सपथ राष्ट्र पति निवास शितलनिवास

२० असार ०७९, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

जनता सामाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन् ।

जसपाले कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उहाँहरूकाे ठाउँमा तीन जनालाई पठाएकाे हाे ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।