७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हराएका २० वटा मोटरसाइकल भेटेर सम्बन्धित धनीलाई फिर्ता गरियो



२० असार ०७९, काठमाडौं । उपत्यकाबाट हराएका २० वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

विभिन्न समयमा हराएका ती मोटरसाइकल खोजीका क्रममा फेला परेपछि सोमबार एक कार्यक्रमबीच कार्यालयका प्रमुख डीआईजी उमेशराज जोशीले सम्बन्धित धनीलाई फिर्ता गरेका हुन्।

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमबीच १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख जोशीले हस्तान्तरण गरेका हुन्। उनले मोटरसाइकल हराएका सूचनापछि विशेष टोली बनाएर खोजी गरिएको बताएका छन्।

यस आर्थिक वर्षमा ४६३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ। चोरीमा संलग्न ४४ जनालाई पक्राउ गरि विभिन्न प्रहरी वृत्तहरुमा पठाइएको जोशी बताए। सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।