७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु




२२ असार ०७९, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिराहाबाट भैसी लोड गरि काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो । न्युज कारखाना

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।