६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन १ सय १३ जना कोरोना संक्रमित थपिए



२२ असार ०७९, काठमाडौं ।नेपालमा पुनः कोरोना संक्रमणदर बढ्न थालेको छ । देशभर गत २४ घण्टामा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय २४ कोरोना परिक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये १ हजार ५ सय ४९ पीसीआर परिक्षण गर्दा ९० जना र १ हजार १ सय ७५ एन्टिजेन परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमितको संख्या ४७१ रहेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।