११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए



२३ असार ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ ।

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।  स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २३ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।