७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी




२४ असार ०७९, काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति लागि ठूलो संख्यामा कर्मचारीको माग गरेकोे छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १ सय ५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।
प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।
त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।
कृषि बैंकले कुल १ सय ५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।
साउन १२ भित्र आवेदन दिनुपर्नेछ । न्युज कारखाना

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।