७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुख लिउबीच भेटवार्ता सुरु




२८ असार ०७९, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।
भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ ।
भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी छन् ।
चार दिने नेपाल भ्रमणको सिलसिलामा लिउ शुक्रबार काठमाडौं आइपुगेका हुन् । त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरिसकेका छन् ।
आइतबार सीपीसीका विदेश विभाग प्रमुख लिउले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । न्युज कारखाना

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।