६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारका ४२ बुँदे उपलब्धी सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठ)



२९ असार ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले एक वर्ष नाघेको उपलक्ष्यमा ४२ बुँदे उपलब्धी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले एक बर्षमा गरेका कामहरुको सूचि सार्वजनिक गरेको हो ।  ओलीले निम्ताएको अस्थिरता र कुशासन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्या र पद्दतिमा अघि बढाउन सफल भएको सरकारले दाबी गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको पनि दाबी गरेको छ ।  त्यस्तै सरकारले राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बनदेखि लिएर संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।