७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि ह्वातै बढ्यो कोरोना संक्रमण, ४ सय ५७ संक्रमित थपिए



२ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । आइतबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।