६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड भन्छन्, ‘बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छ’



३ साउन ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्तराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् ।

डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।  जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा. भट्राईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन गरेको थियो ।

‘सामान्य राजनीतिक भेटघाट हो, गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौं, भोलीपर्सीसम्म एउटा टुङ्गोमा पुग्नसके राम्रो हुन्छ भन्ने बारे छलफल भयो,’ भट्टराईसँगको भेटपछि प्रचण्डले भने, ‘बाबुरामजी पनि गठबन्धनमा हुनुहुन्छ । जसपाबाट अलग भए पनि यो गठबन्धनबाट कुनै हालतमा अलग हुन्न भन्नुभएको छ ।’

नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी गरेको निर्णयलाई उनले सकारात्मक बताए ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने हो, यो गठबन्धन यताउता गर्ने हाम्रो कहिँ कतै उदेश्य छैन,’ अध्यक्ष प्रचण्डले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।