
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ ।
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । अस्पतालमा रहेकामध्ये २१ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया