७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लहानका उपमेयरबिरुद्ध बलात्कार गर्न खोजेको भन्दै उजुरी



साँकेतिक तस्विर : इन्टरनेट

६ साउन ०७९, सिरहा । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी (बलात्कार) उद्योगको उजुरी प्रहरीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिनाअघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतोबिरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।
उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर बलात्कार(जबरजस्ती करणी) गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र दर्ता भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।