६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज संसद बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यक्रम




८ साउन ०७९, काठमाडौं । नागरिकता विद्ययक पारित परेको पर्सीपल्ट आज अपरान्ह १ बजे फेरि संसद बैठक बस्ने भएको छ ।
संसद सचिवालयका महासचिव डा भरतराज गौत्तमका अनुसार शिक्षा तथा स्वास्थ्य समितीकी सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धि समितीको प्रतिवेदन, २०७९ पेश गर्नेछिन् । गृहमन्त्री वालकृष्ण खाडले बैठकमा राज्य व्यवस्था तथा सुशासन समितीको प्रतिवेदन सहितको कारागार, २०७६ माथि छलफल गरियोस भन्दै प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । साथै उक्त विधयेकलाई पारित गरियोस भन्दै गृहमन्त्री खाडले संसद बैठकसमक्ष पेश गर्नेछन् ।
संसदको अर्को कार्यसूचि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विद्यवविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।