७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य



९ साउन ०७९, काठमाडौं ।  कोरोना भाइरस महामारी पुनः बढ्न थालेपछि कोभिड १९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ ।
सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।
अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ । यस्तो सतर्कता बैठक, गोष्ठी तथा सेमिनारमा समेत अपनाउनु पर्ने भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।