७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एसईईको नतिजा बुधबार



१० साउन ०७९, काठमाडौं। एसईई परीक्षको नतिजा बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० माध्यामिक शिक्षा परीक्षा (एसईई)  परीक्षा नियन्त्रण कार्यलयले बुधबार नतिजा सार्वजनिक गर्ने भएको हो ।

एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिए। उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।