
१३ साउन ०७९, काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबी देखिएपछि पोखरा नै फर्काइएको छ । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएका हुन् ।
पोखराबाट बिहान ८ बजे उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाजमा ४५ जना यात्रु थिए । काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।







प्रतिक्रिया