
१७ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।
पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३१३ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २५३, भक्तपुरमा २४ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ५९८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सक्रिय संक्रमितमध्ये चार हजार ९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसन छन् ।अस्पतालमा रहेकामध्ये ३८ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया