
२० साउन ०७९ , झापा । झापा मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।







प्रतिक्रिया