२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेनको निर्देशन



२३ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशन अनुसार घर टहरा हटाउन र नहटाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् ।

हेर्नुस् सूचना

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।