
२५ साउन ०७९, काठमाडौं । काठमाडौंबाट हुण्डीको कारोबारको आरोपमा लाखौं रकम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न रहेकोअभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेक सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घरभएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्चीनगरपालिका ४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहटचन्द्रपुर नगरपालिका ४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । उक्त क्षेत्रमागैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रुपैँया र चेकसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाएको जानकारी दिएको छ ।







प्रतिक्रिया