७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मादक पर्दाथ पिएका पुरुषले तीन जनामाथि एसिड प्रहार गरेपछि पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

३१ साउन ०७९, सल्यान । पैसा लेनदेनका विषयमा सल्यानमा ३ जनामाथि मादक पदार्थ सेवन गरेका रुक पुरुषले एसिड प्रहार भएको छ । प्रहरीका अनुसार ती आफ्नै नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका ३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । एसिड प्रहारबाट घाइतेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।