
३१ साउन ०७९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले खुलाललाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।







प्रतिक्रिया