
१२ साउन ०७९, झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका झापा ६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
घटनाबारे झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् ।
श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिबार बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकव –१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । ।







प्रतिक्रिया