२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बानेश्वरको नोबेल कलेजका शिक्षक पक्राउ



१३ भदौ ०७९, काठमाडौँ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंबाट एक कलेजका शिक्षक पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्लस टु मा अध्ययनरत छात्रालाई शिक्षकले दुब्र्यवहार गरेपछि कारवाहीको माग गर्दै विद्यार्थीले प्रदर्शन समेत गरेका छन् । प्रदर्शनमा उत्रेका विद्यार्थीले दोषी शिक्षकलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

प्रहरीले विद्यार्थीहरुको आरोपको आधारमा पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भैरहेको जनाएको छ । पीडित विद्यार्थीसँग समेत जानकारी लिएर कारबाहीको प्रक्रिया अघि बढने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।