६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप एक जना कोभिड सङ्क्रमितको मृत्यु



१५ भदौं ०७९, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टीजेन विधिबाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।