६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाली गर्नेलाई जेल हाल्ने धरानका मेयर साङपाङको धम्की !!!




ललितपुर खबर
१६ भदौं ०७९, काठमाडौं । आफ्ना विरोधीहरुलाई जेल हाल्ने धरानमा स्वतन्त्र रुपमा मेयर जितेका हर्क साङपाङले धम्बी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर साङपाङले फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिने अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाउने उल्येख गरेका छन् उनले भनेका छन्, ‘यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु’
उनले फेसबुकमा गरेको अर्को पोष्टमा भनेका छन् । ‘विरोध गर्न लोकतन्त्रमा पाइन्छ ! तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन ! पत्ता लगाएर जेल हाल्न नपरोस !’
पछिल्लो समय मेयर साङपाङ काठमाडौंबाट स्वस्तन्त्र मेयरमा विजयी बालेन शाह लक्षित फेसबुकमा पोष्टहरु गर्ने गरेका छन् ।
उनीका पोष्टमा तल्लो स्तरका शव्द प्रयोग गरेको पाइन्छ । उनले लम्फुहरु,गफाडी,ठगेर खान पल्केका सब्बा, चोर, फटाहा दलाल,मुख बजाउने ठगेर खान पल्केका,विचौलिया,दलाल र झोलेजस्ता शव्द प्रयोग गरेर फेसबुकमार्फत उनले विरोधिहरुलाई अपमान गरिरहेका छन् ।
काठमाडौंको फोहोरप्रति लक्षित गर्दै बोलेपछि काठमाडौंका मेयर बालेनले मैले तपाईकै लौरो लिएर जितेको भनेर साङपाङको पोष्टमा टिप्पणी गर्दै व्यङ्य गरेका थिए । तर मेयर शाहले भने पछिल्लो पल्ट प्रतिकृया दिएका छैनन् ।
मेयर साङपाङले राजधानीमा डोजर चलाएको विषयमा समेत असन्तुटि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।