६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नारायणगढ मुग्लिन सडक केराबारीमा पहिरो खसेपछि अवरुद्ध



फाइल तस्विर

न्युज कारखाना
१६ भदौ ०७९, चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
वर्षाका कारण आज बिहान करिब ५ः५० बजेको समयमा केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । त्यहि कारण पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।