६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मुग्लिनमा पहिरो, काठमाडौ आउने जाने बाटो बन्द



फाइल तस्विर

१७ भदौ ०७९, चितवन । मुग्लिन सडक खण्डमा पहिरो खसेपछि काठमाडौं आउने जाने सडक फेरि अवरुद्ध भएको छ । सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको हो । रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरो पन्छाउन घटनास्थलमा रोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ । बिहीबार बिहान केराबारीमा खसेको पहिरो साढे ८ घण्टामा पन्छाएर सडक सुचारु गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।