७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विषालु च्याउ खाँदा दाङमा एकै घरका पाँच जना बिरामी



दाङ, भदौ २७ गते । दाङमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । दाङको तुलसीपुरमा गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी बिरामी परेको प्रहरीले जनाएको छ ।च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।