६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु्, १२ जना बेपत्ता




१ असोज ०७९, काठमाडौं । निरन्तर परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए।

यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै अछामकै ढकारी गाउँपालिकामा पनि पहिरोले क्षति पुगेको छ।तीनै स्थानीय तहको घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।