२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने त्यो पुस्तक


३० भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडौं । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले ।

२२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म पर्‍यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने । बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् ।

उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन । तर हाइन्सको पुस्तकले सबै बदलियो ।

हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधा स्वामी सत्संग ब्यासका लागि लेखेका थिए । शाहिद अन्ततः राधास्वामीको भक्त बने । तर, रोचक आज हाइन्स आफै राधा स्वामीको मार्गमा छैनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।