६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हेटौंडाको ‘डाटा रिकभरी सेन्टर’मा आगलागी



प्रतिकात्मक तस्बिर

९ असोज ०७९, काठमाडौं । हेटौंडा ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर) मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।