६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अर्कौको नाममा ट्रायल परीक्षा दिने अधिकारी पक्राउ




१२ असोज ०७९, काठमाडौं । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका ६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।