६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड 



१२ असोज ०७९, काठमाडौं ।  चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ ।  करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ ।

लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिनेछ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ । अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायांकन गर्न लागिएको चलचित्र नम्बरी सुनको निर्देशन राजुु गिरिले गर्नेछन् । चलचित्रको मुहूर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहने निर्माण टिमले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।