६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले गरिन् मनास्लु हिमालको आरोहण स्थगित




१८ असोज ०७९, काठमाडौं । फोटोपत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठले मनास्लु हिमालको आरोहण खराव मौसमका कारण स्थगित गरेकी छिन् ।
उनले खराव मौसमका कारण आरोहण स्थगित गर्नु परेको बताएकी छिन् । उनी विना अक्सिजन मनास्लु आरोहणका लागि राम्रो मौसम कुर्दाकुर्दै लामो समय वितेको र त्यो मौसम नआउँदा आरोहण स्थगित गर्नु परेको बताएकी छिन् ।
उनी सहितको टोली सुरक्षित रुपमा आधार शिविर आइसकेको छ । उनको आरोहणका लागि नेपाल लाइफ इन्स्योरेन्स र चौधरी ग्रुपले प्रायोजन गरेको थियो ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘ हार मान्नु यो सिजनको सबैभन्दा राम्रो निर्णय थियो । आखिर, मेरो साथीले भनेजस्तै जीवन यहाँ छ र पहाड अझै छ । मेरो पर्वतारोहण यात्रा जारी रहनेछ।’
उनी दशैं मनाउन परिवारसँग केही दिन गाउँमा रहने र फेरि तयारीमा लाग्ने बताएकी छिन् ।
पर्वतारोहणसँगै उनी लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा फोटोपत्रकारिता गरिरहेकी छिन् । पछिल्लो समय मनास्लु हिमालमा लगातार पहिरो गएको थियो । पहिलोका कारण ३ दर्जन टेण्टमा क्षति पुगेको थियो भने केही बेपत्ता भएका थिए ।

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।