
१ कार्तिक ०७९, काठमाडौं । नेपालमा थप १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो ।
त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।
देशभर थप ४६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।







प्रतिक्रिया