२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तिहार सुरु, आज काग तिहार




६ कात्तिक ०७९, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आज आइतबारदेखि सुरु भएको छ  ।
तिहारको पहिलो दिन आज कागलाई मिठा मिठा खानेकुरा दिएर पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका परिकार तथा रूपमा विभिन्न लिइन्छ ।


भेलि सोमबार तिहारको दोस्रो दिन कुकुर तिहार हो । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

शुक्लाफाँटा नगरपालिका ९ नौखरीका युवती देउसीभैली खेल्नका जाँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरुरासस

कात्तिक ८ गते तिहारको तेस्रो तथा महत्तवपूर्ण दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । कृषि व्यवसायमा गोरुले पु–याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ ।

तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ । कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।