४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तोसिमाको मुद्दामा सुनुवाइ जारी



२८ कात्तिक ०७९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट उम्मेदवार बनेकी तोसिमा कार्कीविरूद्ध निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरू भएको छ ।
सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।
निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन्। आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।