
२० मंसिर ०७९, काठमाडौं । सवारी साधनमा राखिएको कपडाको झलर, डोरी, रिबन, विभिन्न स्टिकरहरू लगायतका सामाग्री हटाउन ट्राफिक प्रहरीले शुरू गरेको छ । काठमाडौँको नागढुङगामा गरिएको चेकिङमा छोटो तथा लामो दुरीमा संचालन हुने सवारी साधनको अगाडी सिसाको भागमा राखिएका झलर, डोरी, रिबन, लेस, स्टिकर लगायतका सामाग्री हटाएको हो । हिजो र आज गरिएको चेकिङका क्रममा २८ वटा सवारी साधनको झल्लरहरु हटाइएको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक टपेन्द्र खत्रीले जानकारी दिनु भएको छ ।
सवारी साधनमा राखिएको झल्लर तथा स्टिकरका कारण अन्य सवारी साधनको गतिविधी अनुमान गर्न नसकिने र आफु भन्दा अगाडीको सवारी साधन सँगको ब्रेकिङ डिस्टान्स (सवारीसँगको दुरी) कायम राख्न नसकि सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले झल्लर तथा स्टिकर हटाउन थालिएको हो । सवारी साधनको अगाडी सिसाको भागमा बिभिन्न सामाग्री राखिएको पाईएमा सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ अनुसार लापरबाही गरी सवारी साधन चलाएको कसुरमा कारबाही गरीने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।







प्रतिक्रिया