४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निर्मला हत्या प्रकरण छानविन गर्न सरकारले फेरि बनायो पाँच सदस्यीय समिति



१६ पुस ०७९, काठमाडौं । सरकारले कञ्चनपुर उल्टाखामकी किशोरी निर्मला पन्तको हत्याबारे छानविन गर्न फेरि पाँच सदस्यीय समिति बनाएको छ ।

उपप्रधान एवं गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब महानिरीक्षक डिआइजी दुर्गा सिंहको नेतृत्वमा छुट्टै समिति बनाइएको हो ।

पाँच सदस्यीय समितिमा फरेन्सिक चिकित्सक र मनोचिकित्सकसमेत सहभागी रहेको छन् । समितिमा ब्युरोका प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायालगायत छन् । पहिलादेखि भइरहेको अनुसन्धान कार्य पनि जारी नै रहने प्रहरीले जनाएको छ ।

गृहमन्त्री लामिछानेले निर्मलाबार हालसम्मको अनुसन्धानका विषयमा प्रहरीसँग जानकारी पनि लिएका छन् । २०७५ साउन १० गते १३ वर्षीया निर्मला पन्त साथीको घर गएका बेला बेपत्ता भएकी थिइन् । दोस्रो दिन बिहान ११ गते नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेपनि आरोपी पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।