२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


इनड्राइभर चलाएको भन्दै राइडरहरु कारबाहीमा



काठमाडौं
४ फागुन । प्रयोजन विपरीत इनड्राइभर शेयर राइडिङ चलाएके भन्दै ट्राफिक प्रहरीले १७ बटा मोटरसाइकल र स्कूटरलाई कारबाही गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिएका छन् ।
“कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्”, उनले भने, “इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।” निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिक रूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।