२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपतिमा पत्रकार कुटपिट : पत्रकार महासङ्घद्वारा भत्र्सना




काठमाडौं
५ फागुन ।  नेपाल पत्रकार महासङ्घले पत्रकार गणेश विकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भत्र्सना गरेको छ । महासङ्घ काठमाडौँ शाखाका सदस्य एवं खप्तड टिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै आज विज्ञप्ति जारी गरी महासङ्घले भत्र्सना गरेको हो ।
फागुन २ गते मङ्गलबार समाचार सङ्कलनका क्रममा पशुपति क्षेत्रस्थित कैलाश डाँडामा पुगेका पत्रकार विकलाई विनाकारण अज्ञात समूहले कुटपिट गरी घाइते बनाएको थियो । “स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासङ्घ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ”, महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
महासङ्घले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भिक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ । त्यसैगरी राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पनि आज विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल उपत्यका समन्वय समितिका उपाध्यक्ष रहनुभएका पत्रकार विकलाई कुटपिट गर्ने दोषीमाथि कारबाही गरी र पीडितलाई क्षतिपूर्तिको माग पनि सङ्घले गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।