२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ वीरेन्द्रनगरमा



 

८ चैत्र । ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिँडेका कलाकारले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा साङ्गीतिक प्रस्तुति दिएका छन् ।
सुदूरपश्चिमको धनगढीमा साङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली पुगेका कलाकारले वीरेन्द्रनगरको सिटी हलमा आयोजित साङ्गीतिक प्रस्तुतिको क्रममा एकता, क्रान्ति र परिवर्तनका गीत गुन्जाए । उनीहरुले एकै स्वरमा हिजोको सशस्त्र विद्रोह, आन्दोलन, त्यसबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत हुन नसक्नुमा कम्युनिष्टभित्रको टुटफुट भएको औँल्याए ।
टोलीले बुधबार दाङको भालुबाङ, बिहीबार बुटवल, चितवन बर्दिवास हुँदै कोसी प्रदेशपछि गण्डकी प्रदेशमा सङ्गीत अभियात्रा सम्पन्न गर्ने तालिका रहेको कलाकार मोहित श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी वैशाख ५ गते काठमाडौँमा समापन गरिनेछ ।
कलाकारले मुलुकको राष्ट्रिय, स्वाभिमान र अस्तित्व रक्षाका लागि भए पनि कम्युनिष्ट एक ठाउँमा हुनुपर्ने सन्देश गीतमार्फत प्रस्तुत गरेका थिए ।
सोह्र जनाको उक्त टोलीमा सङ्गीतकार मणिचन्द्र थापा, गायक जीवन शर्मा, उदय श्रेष्ठ, माधव प्रधान, मोहित श्रेष्ठ, कुस्मिता दर्लामी, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रिन, अनु शर्मा, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा गायक नारायण शर्मा रहेका छन्

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।