२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मविरुद्ध परेको उजुरीमा प्रहरी कार्यालय गई यसरी टुंग्याएः दुर्गेश थापा



१५ चैत । कलाकार दुर्गेश थापाले प्रहरीमा आफूविरुद्ध परेको उजुरी सम्बन्धित व्यक्तिले फिर्ता लिएको बताएका छन्।
गत शनिबार काठमाडौँको टोखामा वनभोजका क्रममा आफूलाई कुटपिट गरिएको भन्दै रिदम क्षेत्रीले दुर्गेशविरुद्ध महाराजगन्जस्थित प्रहरी वृत्तमा उजुरी हालेका थिए।

यस विषयमा मंगलबार आफू प्रहरी चौकीमा उपस्थित भएको र दुई पक्षबीच सहमति भएपछि क्षत्रीले आफूविरुद्धको ‘केस’ फिर्ता लिएको दुर्गेशले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

दुर्गेशका अनुसार सामाजिक सञ्जालमा ‘हेन्सी नाम’ गरेको पात्रले विगतमा उनी जोडिएका केही विषयमा ‘अशोभनीय टिप्पणी’ गरेका थिए। त्यतिसम्म सहेर आफू चुप लागेको बसेको तर ती व्यक्ति आफ्नो परिवारसम्म पनि पुगेर ‘अन्टसन्ट’ बोलेको आरोप दुर्गेशले लगाएका छन्।

‘सोही पात्रसँग केही दिन पहिले वनभोज कार्यक्रममा अचानक भेट भो’, दुर्गेशले भनेका छन्, ‘त्यसपछि केही सामान्य सम्झाइबुझाइ गर्न खोज्दा धेरै जना भएका कारण हुलदंगाजस्तो भएपछि उहाँ मिडिया र कानुनी सहायतामा जानु भएछ।’

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।