२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘चलचित्रको गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको छ’



 

अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ

२२ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएकी छिन् ।

नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ÷संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिएकी हुन् ।

“हिजो चलचित्रको सङ्ख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको सङ्ख्या बढाउनु महत्त्वपूर्ण नै हुन्थ्यो”, उनले भनिन्, “तर अब छायाङ्कनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।”

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।