५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ विवादमा



महिलाले देह व्यापार गरेको भिडियो गीतमा राखेपछि गीतको विरोध भएको हो

४ बैशाख । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ विवादमा आएको छ । महिलाले देह व्यापार गरेको भिडियो गीतमा राखेपछि गीतको विरोध भएको हो ।
उनले ल्याएको अघिल्लो ‘पीर’ बोलको गीतमा पनि एक पूर्वमहिला छापामारले जीवन जिउनका लागि देह व्यापार गरेको दृश्य राखेपछि विवादमा आएको थियो । पछि सर्वत्र विवाद भएपछि उनले यो दृश्य हटाउनु परेको थियो ।
विवादका बीच गीतले सोमबार विहानसम्म ४७ लाख ९ हजार दर्शक बटुल्दै नेपालमा नम्बर एक टे«ण्डिङमा आएको छ ।
३ दिनमै यो गीतमा उनले पाएको दर्शकको मायाँ मात्रै होइन गाली पनि हो । सामाजिक सञ्जाल टिकटक र फेसबुकलगायतमा जहाँ त्यही उनको भिडियो फुटेज र विरोधको शव्द लेखिएका भेटिन थालेको छ ।
भिडियोमा यस्ता दृश्य कलात्मक र साँकेतिक रुपमा राख्नु पर्नेमा त्यसो गरिएको छैन । दृश्य ठाडो र भद्दा छन् । कला क्षेत्रमा लाग्न देह व्यापार गर्नुपर्ने बाध्यता गीतमा समेटिएको छ ।
पछिल्लो समय गीतमार्फत सपुत विकृती विरुद्ध चर्को स्वरमा विरोधको विषय उठान गरिरहेका छन् । तर उनी आफै विरोधको शिकार बनिरहेका छन् । तर उनी व्यावसायिक रुपमा सफल पनि छन् ।
उनीविरुद्ध नकारात्मक सन्देश प्रवाह गरेको आँशु र भावनाको व्यापार गरेको आरोप लाग्ने गरेको छ ।
उनको शव्द संगीतको भने संगीत पारखीहरुले मुक्तकण्ठले प्रशंशा गरिरहेका छन् ।
अघिल्लो गीत ‘पीर’ करिव १ करोड भ्युज आएपछि युट्युवबाट हटाएका थिए । अधिकारवादीको विरोधको स्वर फेरि घन्किए यो गीत पनि हटाउनु पर्ने बाध्यता पर्न सक्छ ।
एक पल्ट विवादमा आएको सोही विषय पुनः उठाएर गल्ती गरेको उनको प्रशंशकहरुले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।